१० मंसिर २०८३, बिहिबार

कांग्रेस, एमाले र माओवादीको बैठक बस्दै, प्रधानमन्त्रीले विशेष प्रस्ताव राख्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनका विषयमा छलफल गर्न प्रमुख तीन दलको बैठक बोलाउनु भएको छ ।

बैठकमा संसद र प्रदेशको निर्वाचनको मितिका विषयमा छलफल हुन सक्ने स्रोतले जनाएको छ । निर्वाचन आयोगले भदौ १ गते निर्वाचनको मिति तोक्न मागगर्दै आएको छ ।

प्रधानमन्त्री देउवाले छलफलका लागि कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूलाई बोलाउनु भएको हो । बैठक अपरान्ह चार बजेपछि बस्नेछ ।

प्रमुख तीन दलको बैठकपछि संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूको बैठक बस्ने स्रोतको भनाइ छ ।