काठमाडौं, ३२ साउन । राष्ट्रिय जनता पार्टी नेपालले तराईका बाढी पीडितहरूका लागि दीर्घकालीन योजना बनाउन माग गर्दै संसदमा विशेष प्रस्ताव अगाडि बढाउने तयारी गरेको छ ।
संसद सचिवालयमा बुधबार बिहान दर्ता भएको विशेष प्रस्तावलाई संसदमा पेश गरिने राजपा नेपालका संसदीय दलका नेता शर्वेन्द्रनाथ शुक्लाले जानकारी दिनुभयो ।
उहाँले तराईका बाढीपीडितलाई तत्कालका लागि राहत वा सहयोग गरेर मात्रै नहुने बताउनुभयो । बाढीबाट छुटकारा पाउनका लागि आवश्यक पर्ने सबै काम गर्न दवाव दिइने शुक्लाको भनाइ थियो ।
‘हामीले संसद सचिवालयमा तराईका बाढीपीडितका लागि दीर्घकालीन योजनासहितका कार्यक्रमको माग गरेर विशेष प्रस्ताव दर्ता गराएका छौँ’, उहाँले भन्नुभयो, ‘प्रस्तावलाई संसदबाट अनुमोदन गराउन पहल गर्छौं ।’
राजपा नेपालले राष्ट्रिय भूकम्प प्राधिकरण जस्तै अर्को संयन्त्र बनाएर तराईको डुबानको समस्या समाधानका लागि पहल गर्न दवाव दिने योजना बनाएको छ ।











प्रतिक्रिया