१० मंसिर २०८३, बिहिबार

बाढी पीडितमाँझ पुग्न तराई हिडेका कांग्रेस नेता निधि अचानक कसरी पुगे अस्पताल ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । सोमबार राति अचानक स्वास्थ्यमा समस्या आएपछि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि अस्पताल भर्ना हुनु भएको छ ।

नेता निधिलाई हिजो राति ८ः३० बजे राजधानीको चाबहिलस्थित ओम अस्पताल भर्ना गरिएको हो । उहाँलाई ओम अस्पतालको बेड नंबर २०४ मा राखिएको छ । उहाँको उपचारमा अस्पतालका डाक्टर राहुल पाठक संलग्न हुनुहुन्छ ।

अचानक पेट दुखेर अस्पताल पु¥याइनु भएका निधिलाई ग्यासट्राइटिस शिभियरको समस्या देखिएको उपचारमा संलग्न डाक्टरको भनाई छ । नेता निधिको भोलि बिहान इन्डोस्कोपी गर्ने डाक्टरले जानकारी गराउनु भएको छ । उपचारमा संलग्न डाक्टरका अनुसार नेता निधिले केही दिन आराम गर्नुपर्ने हुन्छ ।

पूर्ब उपप्रधान एवं गृहमन्त्री समेत रहेका कांग्रेस नेता निधि आज बिहान बाढी प्रभाबित तराईका जिल्लामा जाने कार्यक्रम रहेको थियो । स्वास्थ्यमा समस्या आएपछि सो कार्यक्रम स्थगित गरिएको छ ।