२ कार्तिक २०८३, सोमबार

कोशीको भेलबाट धुर्मुसले बचाए तराईबासीलाई, सुरक्षित स्थानमा लगेर दिए राहत (फोटो फिचर)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । कलाकार धुर्मुस् अर्थात ‘सिताराम कट्टेलले’ तराईको सप्तरी जिल्लाका बाढी र डुबानबाट पीडितलाई आफै उद्धार गरी राहत वितरण गरेका छन् ।

डुबानग्रस्त क्षेत्रमा गई स्थानीयबासीलाई उद्धार गरी सुरक्षित स्थानमा ल्याई धुर्मुसले राहत वितरण गरेका हुन् । यसको जानकारी उनले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका छन् ।

फेसबुकमा लेखेका छन्– ‘न खाने गाँस छ न त बस्ने बास छ । सम्पत्तिको नाउँमा शरीरमा एक सरो लुगा बाहेक केही बाँकी छैन । निरन्तरको अविरल बर्षाले सप्तरी जिल्लाको भारदह स्थित कोसी बाँध किनारका बाढी पीडितहरुको कथा बेथा हो यो । हामीले लिएर गएको राहतको समाग्री उहाँहरु रहेको स्थान सम्म पु-याउन निकै कठिन परेपछि उहाँहरुलाई सुरक्षित स्थानमा भेला गराई मुश्किलले राहत प्रदान गरियो ।’

उनका तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनेका छन् । धेरैले उनको प्रशंसा र तारिफ गरिरहेका छन् ।