काठमाडौं, ३१ साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले पार्टी नेतृत्वले जसरी राष्ट्रिय मुद्दाहरूलाई उठाउनु पर्ने हो त्यसरी अगाडि बढाउन नकेकोमा जनतामा निराशा छाएको टिप्पणी गर्नुभएको छ ।
काठमाडौंको पुतलीसडकस्थित कान्तिपुर सिटी कलेजमा नेविसंघ इकाईले मंगलबार बिहान आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा नेता सिंहले कांग्रेसले मुलुकको जल्दोबल्दो र राष्ट्रिय मुद्दाहरूलाई उठाउनु पर्ने बताउनु भएको हो ।
‘कांग्रेसले मुलुकको सबै समस्या साधान गरोस् भन्ने इच्छा सबैमा पलाएको पाइन्छ’, उहाँले भन्नुभयो, ‘कांग्रेस नेतृत्व राष्ट्रिय मुद्दालाई नेतृत्व गर्न नसकेको हो कि भन जनतामा परेको छ ।’
कांग्रेस सिंहले पार्टीभित्रको गुटको असर नेपाल विद्यार्थी संघभित्र परेको भन्दै असन्तुष्टि जनाउनु भयो । ‘नेविसंघले जसरी काम गर्नु पर्ने हो गर्न सकेन’, उहाँले भन्नुभयो, ‘सायद नेविसंघभित्र पनि पार्टीको गुटको प्रभाव परेको हो कि ?’
तराईमा भइरहेको डुबानका विषयमा चिन्ता जनाउनु भएका सिंहले भन्नुभयो, ‘त्यहाँका जनताको मर्म र भावना कांग्रेसले बुझ्नपर्छ । अरु कसैले बुझ्न सक्दैनन् । उद्धारका साथसाथै राहत वितरणमा जोडतोडले काम गर्नुपर्छ ।’











प्रतिक्रिया