काठमाडौं, ३० असार । प्रेस चौतारी नेपालले वरिष्ठ पत्रकार तीर्थ कोइरालालाई नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा उम्मेदवार बनाउने घोषणा गरेको छ ।
सोमबार अपराह्न काठमाडौंको बाजबजारमा आयोजित कार्यक्रममा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले चौतारीका तर्फबाट कोइरालाको उम्मेदवारी घोषणा गर्नुभएको हो ।
लामो समय कान्तिपुर टेलिभिजनको समाचार प्रमुख भएर काम गरेका कोइराला अहिले थाहा खबर अनलाइन पत्रिकाको सम्पादक हुनुहुन्छ ।
उम्मेदवारी घोषणा सभामा प्रेस चौतारीका अध्यक्ष बस्नेतले कोइरालाको जित सुनिश्चित रहेको बताउनुभयो । पत्रकार महासंघलाई पत्रकारकै संस्थाको रुपमा राख्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
व्यवसायिक र प्रगतिशिलहरुको तर्फबाट उम्मेदवारी घोषणापछि वरिष्ठ पत्रकार कोइरालाले श्रमजीवि पत्रकारको हितका लागि आफू लागि पर्ने बताउनुभयो ।
















प्रतिक्रिया