काठमाडौं, ३० साउन । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले केही दिनदेखिको अबिरल बर्षाका कारण गएको पहिरोमा परि असामयिक निधन हुनुभएका सिन्धुली जिल्ला, कमलामाई नगरपालिका वडा नं.६ बस्ने बिमित स्व. दुर्गाकुमारी खड्काका परिवारलाई १० लाख ३६ हजार रुपैयाँ हस्तान्तरण गरेको छ ।
कम्पनीले मृत्यु दाबी भुक्तानीलाई सर्वसुलभ छिटो छरितो ढंगले सम्पन्न गरि आममानिसमा जीवन बीमा प्रति सकारात्मक धारणा निर्माण गर्ने प्रयास स्वरुप साउन २८ गते निधन हुनुभएको परिवारलाई २४ घण्टा भित्रै साउन २९ गते नै उक्त रकम हस्तान्तरण गरिएको हो ।
उक्त मृत्यु दाबी रकम कम्पनीका सहायक प्रवन्धक बिरोध भट्टले मृतकका श्रीमान उदय बहादुर खड्कालाई प्रदान गर्नुभएको थियो । स्व. बीमितले ५ लाख बिमांङ्कको जीवन बीमा बापत जम्मा २४ हजार ३०४ रुपैयाँ मात्र बीमाशुल्क बुझाउनु भएको थियो ।
कम्पनीले बाढी पहिरोका कारण असामयिक निधन हुनुभएका मृतक आत्माका चीरशान्तिको कामना गर्नुका साथै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।














प्रतिक्रिया