२१ कार्तिक २०८३, शनिबार

दैविक प्रकोप तथा उद्धार समितिको बैठक: बाढी पीडितका लागि केहि निर्णय गर्न सकेन

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सन्तोष यादब

सिरहा, ३० साउन । बाढी प्रभावितको उद्धार तथा राहतका विषयमा छलफल गर्न जिल्ला दैविका प्रकोप तथा उद्धार समिति सिरहाको बैठक बसेपछि खासै निर्णय गर्न सकेका छैन् । प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पीडितको अवस्था बुझ्न मधेसका जिल्लाहरुको भ्रमणमा निस्केको र हाइअलर्ट बस्न निर्देशन आएकोले बैठक हतार हतार सकाएको हो ।

बैठक सुरु भएको १ घण्टा नबित्दै सम्पन्न भयो । अधिकांश बैठकका आमन्त्रित विभिन्न संघसंस्था र स्थानीय निकायका प्रतिनिधिहरुले समेत आआफ्नो समस्या राख्न सकेका थिएन् । एक स्थानीय निकायका कार्यकारी अधिकृतले भने– बाढी पीडितका लागि खर्च गर्न मन्त्रालयबाट परिपत्र नै आएको छैन् । कसरी रकम खर्च गर्ने ?

यता, समितिका सदस्य तथा स्थानीय विकास अधिकारी सुरेश राउतले बाढी पीडितको तथ्यांक संकलन गर्ने र तत्काल पीडितलाई राहत उपलब्ध गराउन सम्बन्धित स्थानीय निकाय नगरपालिका तथा गाउँपालिकालाई निर्देशन दिएको बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी शाखा सिरहाका अनुसार जिल्लामा ११ हजार बढी घरपरिवार बाढीबाट पूर्ण रुपमा र ५ हजार ७ सय परिवार आंशिक प्रभावित भएका छन् । बाढी घरमा पसेपछि २ हजार ११० परिवार विस्थापित भएका छन् । विस्थापित भएकाहरुको स्थानान्तरण तथा पुनर्स्थापनाको हालसम्म व्यवस्था मिलाउन नसकेको रेडक्रस सिरहा सभापति राजदेव यादबले स्वीकार गर्नुभएको छ ।