काठमाडौं । गायिका कोमल ओलीले बाढी पीडितहरूका लागि ५१ हजार आर्थिक सहयोगको घोषणा गरेकी छिन् । गायिका ओलीले तराईका बाढी पीडितहरूलाई सो रकम दिने घोषणा गरेकी हुन् ।
सोमबार बिहान ट्वीट गर्दै गायिका ओलीले राहतका लागि पनि अपील गरेकी छिन् । उनले देशभरिका बाढी तथा पहिरो पीडितहरूका लागि आफ्नो तर्फबाट सानो सहयोग गरेको जनाएकीछिन् ।
राप्रपा केन्द्रीय सदस्य समेत रहेकी गायिका ओलीले बेलाबेला समाजिक कार्यका लागि आर्थिक सहयोग गर्दै आएकी छिन् ।
उनले घोषणा गरेको ५१ हजार आर्थिक सहयोग प्रधानमन्त्री राहत कोषमा उपलब्ध गराउने हुन् वा आफै गएर वितरण गर्ने हुन् सो विषयमा केही खुलाएकी छैनिन् ।















प्रतिक्रिया