काठमाडौं, ३० साउन । पूर्वराजा ज्ञानेन्द्र शाहले विपत्तीको दुःखद् घडीमा धर्य र सहासको साथ सामना गर्न अपील गर्नुभएको छ ।
पूर्वराजा शाहले आइतबार विज्ञप्ति जारी गरेर बाढीमा परेकाहरूलाई छिटोभन्दा छिटो उद्धार गरेर राहत वितरणको माग गर्नुभएको हो ।
‘अविरल वर्षाले देशको तराई लगायत विभिन्न भू–भागमा आएको बाढी र पहिरो जस्ता प्राकृतिक प्रकोपले ठूलो धनजनको क्षति पु-याएकोमा गम्भीर चिन्ता एवम् दुःख व्यक्त गर्दछु’, विज्ञप्तिमा भनिएको छ, ‘विपत्तीको यस घडीमा उक्त क्षेत्रका जनतालाई राहत एवम् उद्धार उपलव्ध गराउँदै प्रकोप नियन्त्रणका लागि सम्वन्धित पक्षले तदारुकता देखाउनु पर्छ ।’











प्रतिक्रिया