२१ कार्तिक २०८३, शनिबार

बाढीबाट बाँकेमा ४ जनाको मृत्यु, २० हजार परिवार विस्थापित (फोटो फिचर)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– आकाश देबकोटा

बाँके, २९ साउन । राप्ती नदीमा आएको बाढीका कारण बाकेमा हालसम्म ४ जनाको मृत्यु हुनाको साथै २० हजार परिवार विस्थापित भएका छन । बिस्थापित परीवारको उद्धारको लागी नेपाली सेना तैनाथ भईरहेको देखिन्छ । आज मात्रै गृहमन्त्री जनार्दन शर्मा बाके र बर्दियाको बाढि पीडितको अवस्थाबारे बुझ्न बिभिन्न स्थानहरुमा हेलिकप्टर बाट बिहान १० बने नेपालगंज आईपुग्नु भएको थियो ।

राप्ती नदीमा आएको बाढीका कारण राप्ती सोनारी गाउँपालिका २ टिकुलिपुरका ६ सय घरपरिवार विस्तापीत भएका छन । शुक्रवार साझ आएको स्थानिय खहरे गाँउ छिर्दा त्यहा रहेका ६ सय घरपरिवार विस्थापित भएका हुन । विस्थापितहरु यतिखेर गाँउ नजिकको सामुदायीक बनको खालि चौउरमा वसिरहेका छन । गाँउमा छिरेको खहरेको कारण पशु चौपाएहर मरेका छन भनेअन्न लत्ताकपडाहरु बगाउनको साथै घर भत्केर पुरिएको छ ।

बाढी पिडीतहरु यतिखेर छिमेकी गाँउ टिकुलीपुरका आफन्तहरले केहि खाना र चाउचाउ दिएर सहयोग गरीरहेको बताए । बाढी आएर करोडौं जनधनको क्षेति भएपनि आजसम्म सो स्थानमा सरकारी निकाएवाट पाउनुपर्ने सहयोग नपाएको स्थानिय खेम वहादुर विकले गुनासो पोखे । बाढीका कारण मरेका पशुचौपाएहरु कुहिनेक्रम जारी छ । मरेका पशुहरुबाट फैलिन सक्ने रोगवाट बच्नको लागी तत्काले पशु स्वास्थ्यकमीहरु सो स्थानमा खटाईने जिल्ला पशुसेवा कार्यलयका प्रमुखले जानकारी दिएका छन ।

अविरल बर्षको कारण पूर्वपश्चिम राजमार्गको कोहलपुर र दाङ्ग सडकमा पर्ने परुवाखोलाको पुल र गन्धैली पुल भत्कदा हजारौ यात्रुहरु अलपत्रमा परेका छन । राजमार्ग खुलउन नेपाली सेना र सडकमा कर्मचारीहरु तैनाथ छन । थप यात्रु अलपत्रमा नपरुन भनेर कोहलपुर र दाङ्ग बाट सवारी साधनहरु भित्रीन रोक लगाएको प्रहरीले जानकारी दिएको छ । पुलको मर्मात पश्चात तत्कालको लागी सुचारु गरी एकतर्फ सडकमा रहेका सवारीहरुलाई गन्तव्यमा पुगाउने काम गर्ने प्रहरीको भनाई छ । राजमार्गको बिचमा रहेको पुल भत्कदा यात्रुहरुले भोक भोकै बसिरहेका छन साथै सो स्थानमा मोवाईलको नेटर्वक नहुदा यात्रुहरु अत्तालिरहेको देखिन्छ ।