१० मंसिर २०८३, बिहिबार

बाढीपहिरो पीडितका लागि एमालेले लियो बोल्ड निर्णय, अब सेनासँगै सहकार्य गर्ने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तराईसहित देशभरका बाढीपहिरो पीडित तथा प्रभावितको उद्धार तथा राहतका जनवर्गीय संगठनलाई परिचालन गर्ने निर्णय गरेको छ ।

आइतबार अपराह्न पार्टी सम्बद्ध जनसंगठनहरुको नेतृत्व र समन्वय गर्ने संगठन मोर्चा संगठनको केन्द्रीय कार्यालय धुम्वाराहीमा बसेको बैठकले सुरक्षाकर्मी (प्रहरी, सेना) र प्रशासनसँग समन्वय गर्नेगरी बाढीपहिरो तथा डुबानबाट प्रभावित जिल्लाहरुमा राहत र उद्धारको काममा समन्वय गर्न संगठनहरुलाई जिल्लाको जिम्मेवारी दिइएको हो ।

पार्टी सचिव एवं उक्त संगठन प्रमुख गोकर्ण विष्टको अध्यक्षतामा बसेको बैठकले प्रभावित जिल्लाहरुमा एमालेका जिल्ला कमिटीहरु, जनसंगठनका स्थानीय कमिटीहरु, रेडक्रसलगायतका विभिन्न सामाजिक संघ, संस्थाहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, प्रशासनलगायतस“ग समन्वय गरी तत्कालै उद्धार र राहत कार्यमा जुट्न पार्टीका सम्पूर्ण जनसंगठन र सदस्यहरुलाई निर्देशन समेत गरेको छ ।

कुन संगठनलाई कहाँ खटाइयो ?

सप्तरी – युवासंघ नेपाल र भूमिहीन सुकुम्वासी संगठन
सिरहा – अनेरास्ववियु
धनुषा – अखिल नेपाल महिला संघ
महोत्तरी – लोकतान्त्रिक मधेसी संगठन र लोकतान्त्रिक आदिवासी जनजाति महासंघ
सर्लाही – अखिल नेपाल किसान महासंघ
रौतहट – नेपाल बुद्धिजीवी परिषद् र मानवअधिकार एलान्यस
बारा – खेलकूद महासंघ
पर्सा – नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)
झापा – जनसाँस्कृति महासंघ र मुक्ति समाज
मोरङ – पेसागत महासंघ, नेपाल
सुनसरी – उद्योग व्यवसायी महासंघ र प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन
बर्दिया – भूपू सैनिक संगठन
बाँके – मानवअधिकार एलान्यस
कपिलवस्तुः मुस्मिल इत्तेहाद संगठन र लोकतान्त्रिक अपाङ्ग संघ

यस्तो छ बैठकपछि एमाले सचिव योगेश भट्टराईद्वारा जारी विज्ञप्तिः

नेकपा (एमाले) सम्बद्ध जनसंगठनहरुको नेतृत्व र समन्वय गर्ने संगठन मोर्चा संगठनको बैठक प्रमुख तथा पार्टी सचिव गोकर्ण विष्टको अध्यक्षतामा आज बस्यो ।

बैठकले केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण देशका विभिन्न भागहरुमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । बाढी–पहिरोका कारण जीवन गुमाएका दिदी–बहिनी तथा दाजुभाइहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गरेको छ । समयमै कोशी बा“धका ढोकाहरु नखोल्दा पूर्वी तराईमा बिकराल समस्या उत्पन्न भएको परिस्थितिमा तुरुन्तै कुटनीतिक पहल गरी बाँधका ढोकाहरु खोल्नुपर्ने दायित्वप्रति सरकारले समायोचित कदम चाल्न नसकेको प्रति बैठकले दुःख व्यक्त गरेको छ । राज्यको सम्पूर्ण शक्ति पीडितहरुको उद्धार, राहत तथा पुनःव्यवस्थापनमा लगाउन बैठकले सरकारसमक्ष माग गरेको छ । विभिन्न जिल्लाहरुमा राहत र उद्धारको काममा समन्वय गर्न निम्न संगठनहरुलाई निम्नानुसार जिल्लाको जिम्मेवारी दिइएको छ: (माथि उल्लेखित)

बैठकले उपरोक्त जिल्लाहरुमा नेकपा (एमाले)का जिल्ला कमिटीहरु, जनसंगठनका स्थानीय कमिटीहरु, रेडक्रसलगायतका विभिन्न सामाजिक संघ, संस्थाहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, प्रशासनलगायतस“ग समन्वय गरी तत्कालै उद्धार र राहत कार्यमा जुट्न पार्टीका सम्पूर्ण जनसंगठन र सदस्यहरुलाई निर्देशन गरेको छ ।

बैठकले प्रदेश नं. २ मा हुने स्थानीय तहको निर्वाचन तयारीका लागि २०७४ भदौ १० गते काठमाडौं उपत्यकामा रहेका सम्पूर्ण मोर्चा संगठनका सदस्यहरुको बृहत भेला गर्ने साथै ०७४ भदौ १३ गते धनुषाको जनकपुरमा प्रदेश नं. २ स्तरको मोर्चा संगठनहरुको बृहत भेला आयोजना गर्ने निर्णय गरेको छ ।

योगेश भट्टराई
प्रमुख