१० मंसिर २०८३, बिहिबार

डोटी जिससमा पनि एमालेले रच्यो इतिहास, पूरै टिम निर्विरोध

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– झलक पाली

डोटी, २९ साउन । जिल्ला समन्वय समन्वय समिति डोटीमा नेकपा एमालेको पूरै टिम निर्विरोध निर्वाचित भएको छ ।

एमाले डोटीका सचिव तथा शिखर नगरपालीका वडा नं. ६ पचनालिका निर्वाचित वडा सदस्य रामबहादुर ऐरको संयोजकत्वमा जिल्ला समन्वय समिति निर्विरोध निर्वाचित भएको हो ।

जिससको उप–संयोजकमा एमाले डोटीका सचिवालय सदस्य तथा दिपायल सिलगढी नगरपालीका ६, का निर्वाचित वडा सदस्य शशी सोव रहेका छन् ।

त्यस्तै जिससका सदस्यहरुमा दिपायल सिलगढी नगरपालीका वडा नं. ७ उडितोलाबाट निर्वाचित सदस्य घनश्याम जोशी, आदर्श गाउँपालीका वडा नं. ६ गिरिचौकाबाट निर्वाचित सदस्य डम्बर वली, पूर्वीचौकी गाउँपालीका वडा नं. १ खिरसैनबाट निर्वाचित सदस्य गोविन्द खड्का, सायल गाउँपालीका वडा नं. १ छपालीका निर्वाचित सदस्य सग्राम दमाई रहेका छन् ।

त्यस्तै बोगटान गाउँपालीका वडा नं. ३ कानाचौरबाट निर्वाचित सदस्य तुल्छा कुमारी साउँद (बुढा), शिखर नगरपालीका वडा नं. ६ पचनालीका निर्वाचित सदस्य लक्ष्मी मल्ल, जोरायल गाउँपालीका वडा नं. ६ निरौलीबाट निर्वाचित सदस्य मिना बोहरा पनि सदस्यमा निर्वाचित भएका छन् ।

जिल्लाकै इतिहासमा पहिलो पटक एमालेले जिल्ला समन्वय समिति एकलौटी कब्जामा पारेको हो ।

स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा डोटीका ९ वटा स्थानीय तहमध्ये ५ तहमा प्रमूख र उप–प्रमूख तथा एउटा गाउँपालीकामा उप–प्रमूखमा विजय हासिल गरेपछि जिससका लागि एमालेको स्पष्ट बहुमत पुगेको हो ।

जिसस निर्वाचनका लागि मूख्य निर्वाचिन अधिकृतको कार्यालयको कार्यतालिका अनुसार श्रावण २९ गतेका लागि निर्वाचन मिति तोकिएको थियो । जिससका लागि मनोनयन दर्ता गर्न तोकिएको मिति श्रावण २५ गते एमालेका उम्मेदवारहरुको मात्रै उम्मेदवारी परेपछि एमालेको पूरै टिम निर्विरोध निर्वाचित भएको हो ।
जिससका सबै पदाधिकारीहरुले आइतबार सपथ लिएका छन् ।

जिसस संयोजक र उप–संयोजकलाई मूख्य निर्वाचन अधिकृत नरनारायण पौडेलले सपथ खुवाएका थिए भने बाँकी सदस्यहरुलाई नवनिर्वाचित जिसस संयोजक ऐरले सपथ खुवाएका हुन् ।

सपथ ग्रहणपश्चात बोल्दै नवनिर्वाचित जिसस संयोजक ऐरले ऐन, नियमको परिधीभित्र रहेर डोटीको विकास र जनताको हित हुने काममा कटिवद्ध भएर लाग्ने प्रतिवद्धता जनाए ।

सपथ ग्रहण कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधीका साथै विभिन्न सरोकारवालाहरुको सहभागिता रहेको थियो । आजै संयोजक र उप–संयोजकले पद बहाली समेत गरेका छन् ।