बर्दिया, २९ साउन । भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बढैयाताल गाउँपालिका–१ बस्ने रामबहादुर सुनारलाई प्रहरीले एकनाले भरुवा बन्दुक सहित पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरी टोलीले शनिबार सुनारको घर तलासी गर्दा उक्त भरुवा बन्दुक बरामद भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया