३ कार्तिक २०८३, मंगलबार

‘ट्युबलाइट’ नचलेपछि सलमानले दिएको ५२ करोड क्षतिपूर्ति

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेता सलमान खानले आफ्नो फिल्म ‘ट्युबलाइट’ नचलेपछि वितरकलाई क्षतिपूर्ति दिनुपरेको छ । उनले वितरकहरूलाई ५२ करोड क्षतिपूर्ति दिएका हुन् ।

राम्रो प्रदर्शन गर्न नसकेको ‘ट्युबलाइट’ले सलमानलाई नै निराश बनाएको थियो । फिल्म वितरक घाटामा गएका थिए । फिल्म घाटामा जाँदैमा सबैले वितरकलाई क्षतिपूर्ति दिँदैनन् । यो बाध्यकारी नियम पनि होइन ।

सलमानले वितरकलाई घाटा भए भरपाई गर्ने वाचा गरेका थिए । अहिले त्यही वाचा पूरा गर्दै उनले ५२ करोड रुपैयाँ बुझाएका हुन् । सलमानले क्षतिपूर्ति दिने यो कदम उनका बाबुका कारण लिएका हुन् । बाबुकै सल्लाहमा उनले वितरकहरूलाई क्षतिपूर्ति दिएको खबर छ । – एजेन्सी