काठमाडौं, २६ साउन । भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आइपुगेकी छन् ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को मन्त्रिस्तरीय बैठकमा भाग लिन मन्त्री स्वराज विहिबार दिउँसो काठमाडौं आइपुगेकी हुन् ।
स्थापनाको २०औँ वर्षमा रहेको बिम्स्टेक मन्त्रिस्तरीय बैठक आज अपराह्नबाट काठमाडौंमा सुरु हुँदैछ ।
यस्तै, भारतीय विदेशमन्त्री स्वराजले भारतीय दूतावासद्वारा आयोजित कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्ने कार्यक्रम छ । उक्त कार्यक्रममा एमाले अध्यक्ष ओली प्रमुख अतिथि रहेका छन् ।














प्रतिक्रिया