काठमाडौं, २६ साउन । गृह मन्त्री जनार्दन शर्माले विभिन्न जिल्ला प्रमुख जिल्ला अधिकारीहरू (सिडिओ)को सुरुवा गरेको खुलासा भएको छ ।
मन्त्री बनेर आएको दुई महिनाभित्रै गृहमन्त्री शर्माले काठमाडौंसहितका केही जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा गरेका हुन् ।
उच्च स्रोतका अनुसार गृहमन्त्री शर्माले काठमाडौं जिल्लामा केदार शर्मालाई सरुवा गरेर ल्याएका छन् । मोरङमा रामप्रसाद आचार्यलाई सुरुवा गरेर पठाइएको छ ।
त्यसैगरी धादिङमा श्याम भण्डारी, पर्सामा विनोद सिंह, स्याङ्जामा महेश आर्चाय, झापामा ऋषिराम तिवारी र महोत्तरीमा बाबुराम श्रेष्ठ सुरुवा गरिएको छ ।
गृहमन्त्री शर्माले आफू निकटका प्रमुख जिल्ला अधिकारीहरूलाई कमाइ हुने ती आकर्षक जिल्लाहरूमा पठाएको उच्च स्रोतको भनाइ छ ।













प्रतिक्रिया