काठमाडौं । पुरुषहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘म्यान अफ द इयर २०१७’मा नेपालको प्रतिनिधित्व धु्रव बुढाथोकीले गर्ने भएका छन् ।
इन्डोनेशियामा १०देखि १९ अगष्टसम्म आयोजना हुने प्रतियोगिता एमएएलवाइयु फाउन्डेसनले आयोजना गर्न लागेको हो ।
प्रतियोगितामा नेपालसहित भेनेजोयला, नेदरल्याण्ड, ब्राजिल, मेक्सिको, हंगेरी लगायत २० राष्ट्रका युवाहरुको सहभागिता रहनेछ । ‘मिष्टर नेपाल २०१७’का फष्ट रनरअप बिजेता बुढाथोकी बुधबार प्रतियोगिताका लागि इन्डोनेशिया उड्दै छन् ।
नेपाली पहिरन र भेषभुषा र कलासंस्कृति सहित प्रतियोगितामा आफूले सहभागिता जनाउन लागेको बुढाथोकीले बताए । प्रतियोगिताको अफिसियल कोरियोग्राफर रोजिन शाक्य रहेका छन् ।
अवतार इन्टरनेशनलले उनलाई प्रतियोगितामा पठाउन लागेको हो । ६ फिट हाइट र आकर्षक शरीरका धनी बुढाथोकी फिटनेश मोडल पनि हुन् ।
म्यान्ली, मस्कुलाइन, मोर्डन, मास्टर्ली र माइन फूल शीर्षकका ५ सवटाइल समेत प्रतियोगितामा रहेको अवतार इन्टरनेशनलका सिइयो सन्दीप पोखरेलले बताए ।















प्रतिक्रिया