४ कार्तिक २०८३, बुधबार

टाटा मोटर्स्को नयाँ StyleBack-TIGOR अब नेपालमा

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ साउन । टाटा मोटर्स् र यसको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले टाटा मोटर्स्ले नयाँ पुस्ताका मागहरुलाई ध्यानमा राखी उत्पादन गरेको नयाँ StyleBack car, TATA TIGOR को काठमाडौंमा एक औपचारिक समारोहबीच उद्घाटन गरेको छ ।

चुस्त, र अत्याधुनिक डिजाइनले गर्दा TATA TIGOR ले हालको प्यासेन्सजर कार सेग्मेन्टमा नयाँ पोर्टफोलियो तयार गरि नयाँ पुस्ताका बढ्दै गएका मागहरुलाई पूरा गर्ने विश्वास लिइएको छ । उक्त कारको रिभोटर्न १.२ लि. पेट्रोल भेरियन्ट नेपालभर शुरुवाती मूल्य रु.२३.४५ लाख मा उपलब्ध हुने कुरा कम्पनीले जानकारी गराएको छ ।

TATA TIGOR को अनावरण समारोहमा बोल्दै टाटा मोटर्स्कका इन्टरनेशनल बिजनेश हेड, जोनी ओम्मेनले भन्नुभयो, ‘भावी पुस्ताको मागहरुलाई ध्यानमा राखेर नयाँ एवं अत्याधुनिक विशेषताहरुसहित नयाँ वर्गको आकर्षक गाडी निर्माणमा हामीले विशेष जोड दिएका थियौं । सोही क्रममा हामीले कम्प्याक्ट सेडानमा उपलब्ध उत्पादनहरुभन्दा केही फरक चिज निर्माण गर्यौं जसलाई StyleBack भनेर नाम दिइएको छ । TATA TIGOR हरेक पटक नयाँ जमानाको केही भिन्न उत्पादन तयार गर्ने हाम्रो कम्पनीको परम्पराको समेत प्रतिनिधित्व गर्दछ । आज TATA TIGOR को उद्घाटनसँगै हाम्रो पोर्टफोलियो समेत विस्तार भएको छ जसले नयाँ ग्राहकहरुलाई उक्त उत्पादनको अनुभव गर्न आमन्त्रण गर्नुका साथै बजारमा उपलब्ध प्यासेन्जर भेहिकल अन्तर्गत हाम्रो उत्साहजनक उपस्थितिलाई समेत ग्राहकमाझ चिनाउन सफल भएको छ ।’

सोही समारोहमा सिप्रदी ट्रेडिङ्ग प्रा.लि. का सि.इ.ओ राजन बाबु श्रेष्ठले TATA TIGOR उद्घाटन गर्न लागेको टाटा मोटर्स्को पहिलो अन्तर्राष्ट्रिय बजार प्रतिनिधि हुन पाएकोमा आफ्नो कम्पनीलाई गर्व लागेको कुरा बताउनुभयो । उहाँले TATA TIGOR को इन्डियामा भएको उत्साहजनक विक्री वितरणको आंकडाले यो टाटा मोटर्स्को महत्वपूर्ण उत्पादन भएको कुरा पहिले नै सावित भइसकेको परिपेक्ष्यमा नेपालमा पनि यस गाडीले सफलता हाँसिल गर्ने कुरामा आफूहरु आशावादी रहेको कुरा जानकारी गराउनुभयो । ह्याच र सेडानबाट बाहिर निस्केर TATA TIGOR ले आफैंमा एउटा नयाँ सेग्मेन्ट तयार गरेको र जसलाई StyleBack नामाकरण गरिएको कुरा समेत उहाँले बताउनुभयो ।

उक्त कारमा नयाँ डिजाइनलाई विशेष प्राथमिकता दिएर तयार गरिएकाले टाटा मोटर्स्ले ग्राहकहरुको ध्यानाकर्षण गर्नेछ, जसले कम्पनीको ब्रान्ड भ्यालुलाई समेत मजबुत पारेको छ । तत्काल एवं लामो समयसम्म प्रभाव पार्ने टाटा मोटर्स्ले TATA TIGOR को स्टाइलमा विशेष ध्यान दिएको छ जुन इम्प्याक्ट डिजाइन दर्शनको तेस्रो गाडी अन्तर्गत समावेश हुन्छ । टिगोरको बाहिरी बनावट Expressive, Exciting र Extraordinary तरिकाले डिजाइन गरिएको छ । यो चुस्त एवं डाइनेमिक डिजाइनले युवापुस्ताको अनुभवहरुलाई राम्ररी संगाल्छ ।

भित्री सजावटमा TATA TIGOR को INtelligent स्पेसको प्रयोगमा INviting इन्टेरियर र कनेक्टिभिटी विशेषताहरु रहेका छन् जसले गाडी धनीलाई INtouch अनुभवका साथै भित्री र बाहिरी संसारको उत्कृष्ट अनुभूति प्रदान गर्दछ । कारमा विश्वलाई आफूसँगै राख्नका निमित्त उच्च लेगरुम र २४ वटा यूटिलिटी स्पेसहरुलाई बुद्धिमतापूर्वक कायम गरिएको छ । यसकोे आकर्षक डिजाइनलाई सर्वोत्कृष्ट प्रदर्शन र ड्राइभिङ्ग डाइनामिक्सका साथ प्रस्तुत गरिएको छ  । यो कार वर्गकै उत्कृष्ट ड्राइभिङ्ग डाइनामिक्सका साथ रिभोटर्न १.२ लि.पेट्रोल इन्जिन र पेट्रोल भेरियन्ट र मल्टी ड्राइभ मोड (इको र सिटी) मा उपलब्ध छ ।

मनोरञ्जनको दुनियाँमा कनेक्ट हुने नयाँ पुस्ताका ग्राकहरुको चाहनालाई मध्यनजर गर्दै टाटा मोटर्स्ले विश्वचर्चित Golden Ears सहित HARMAN प्रविधिको अत्याधुनिक अडियो तथा कनेक्टनेक्स्ट इन्फोटेनमेन्ट सिस्टमको प्रयोग गरेको छ ।

XE, XT, XZ र XZ (0) भेरियन्टमा उपलब्ध टाटा टिगोर ६ वटा आकर्षक रङ्गहरु जस्तै कपर ड्याजल, एक्प्रेसो ब्राउन, पर्लसेन्ट ह्वाइट, प्लाटिनम सिल्भर, स्ट्राइकर ब्लू, बेरी रेड मा उपलब्ध छ । उक्त कारमा टाटा मोटसर््ले ४ वर्ष वा ७५,००० कि.मी. वारेण्टी  (जुन पहिला आउँछ त्यही) प्रदान गर्ने घोषणा गरेको छ ।
हरेक पटक नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु तयार गर्ने टाटा मोटर्स्ले प्रभावशाली डिजाइनहरु मार्फत् आधुनिक प्रविधि र विशेष उत्पादनहरुको प्रतिनिधित्व गर्दै आइरहेको छ ।

यस्ता छन् विशेषताहरुः

– नेपालको पहिलो StyleBack: आकर्षक, चुस्त, अत्याधुनिक एवं डाइनेमिक डिजाइन ।

– सिग्नेचर स्प्लिट एल.ई.डि. टेल ल्याम्प, ट्रेन्डी क्रिस्टल स्मोक्ड प्रोजेक्टर हेडल्याम्प र स्टाइलिस एकीकृत हाइ माउन्टेड एल.ई.डि. स्टप ल्याम्प युक्त ।

– लेयर डिजाइन थिमसहितको ककपिट र आकर्षक बनावट ।

– आकर्षक फिनिसिङ्ग सहित उत्कृष्ट ड्यूअल टोन इन्टेरियर ।

– बोल्सटर्स्सहित शानदार एवं आरामदायी सीट ।

– नयाँ जेनेरेशन, HARMAN प्रविधिको अत्याधुनिक कनेक्टनेक्स्ट इन्फोटेनमेन्ट सिस्टम, ८ वटा पावरफुल स्पिकरहरु, intuitive app-suite को साथमा, साथै अटोमेटिक क्लाइमेट कन्ट्रोल, फोन र मिडिया कन्ट्रोलको लागि भ्वाइस कमान्ड पहिचान हुने ।

– ड्यूअल इयरब्याग, CSC (Corner stability control) सहितको ABS & EBD र क्यामेरासहितको रिभर्स पार्क जस्ता विशेषताहरुले कारमा पूर्ण सुरक्षा ।

– मल्टी ड्राइभ मोडको लागि नयाँ रिभोटर्न १.२ लि.पेट्रोल इन्जिन ।

– आरामदायी यात्रा तथा उत्कृष्ट ह्यान्डेलिङ्गबीच उचित सन्तुलन कायम गर्नका निमित्त ड्यूअल पाथ, फ्रन्ट र रियर सस्पेन्सन ।

– अत्याधुनिक बार संयन्त्र र ४१९ लि. प्रयोग गरि वाइड र क्लियर ओपनिङ्ग द्वारा तयार गरिएको प्रभावकारी बुट डिजाइन ।