१० मंसिर २०८३, बिहिबार

विवेकशीलद्वारा ६०१ को लापरवाहीको बालुवाटारमा सांकेतिक विरोध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाठौं, २५ साउन । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै पटक पटक अनसन बस्दै आउनुभएको डा. गोविन्द केसीको ११ औं सत्याग्रहको आज १७ दिन बितिसक्दा पनि उहाँको मागलाई सरकार तथा सांसदहरुले कुनै चासो देखाएका छैनन् । सरकार तथा सांसदको यो मौनता विरुद्ध विवेकशील साझा पार्टीले आज मिति २०७४ श्रावण २५ गते बुधबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास अगाडी बालुवाटारमा धर्ना तथा सांकेतिक विरोध कार्यक्रम आयोजना गरेको छ।

स्वास्थ्य शिक्षा ऐन नहुँदाको प्रत्यक्ष असर सर्वसाधारण जनताले नै भोगिरहनुपरेको छ । दूरदराजमा विशेषज्ञ चिकित्सक नहुँदा तथा महँगो स्वास्थ्य शिक्षाले सृजना गरेको महँगो उपचारका कारण हजारौं सर्वसाधारणले ज्यान गुमाउनुपरेको स्थिति छ । यसै स्थितिलाइ चित्रण गर्दै विवेकशील साझा पार्टीका अभियानताहरुले भुइँमा सुतेर शरीरमा रातो रंग खनाई साधारण स्वास्थ्य उपचारको अभावमा ज्यान गुमाउनुपर्ने अवस्थालाई सांकेतिक रुपले प्रदर्शन गरेका थिए । त्यस्तै, १७ दिन देखि ३  करोड नेपालीको हितमा रहेको स्वास्थ्य शिक्षा ऐन तत्काल पारित गर्न माग गर्दै अन्सनरत डा.केसीको माग तत्काल पुरा गरि उहाँको जीवन रक्षाको पनि माग गरेका थिए ।

‘मुलुकमा यस्तो भयवह अवस्था सृजना हुँदा पनि जनताबाटै चुनिएका ६०१ सांसदहरु मौन रहनु भनेको कतै जनप्रतिनिधिहरुनै यस्तै अवस्था चाहिरहनुभएको त होईन भन्ने शंका गर्दै उक्त सांकेतिक प्रदर्शनको आयोजना गरेका हौ।’, पार्टीका अभियानता सारा प्याकुरेलले बताईन्।

सोहि कार्यक्रमलाई निरन्तरता दिंदै विवेकशील साझा पार्टीले भोलि मिति २०७४ श्रावण २6 गते विहीबार दिउँसो ३ बजे धरहरामा “६०१ लाई कालो टिका”, कार्यक्रमको आयोजना गरेको छ ।