१० मंसिर २०८३, बिहिबार

बाबुराम भेट्न अस्पताल पुगे एमाले अध्यक्ष ओली

7.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईलाई भेटेर स्वास्थ्यलाभको कामना गरेका छन् ।

मुत्रनलीमा देखिएको समस्याका कारण गठ्ठाघरस्थित नागरिक अस्पतालमा एक महिनादेखि उपचाररत बाबुरामलाई आज अस्पतालमै पुगेर ओलीले भेट गरेका हुन् ।

प्रदेश नम्बर दुई चुनावी अभियानमा व्यस्त ओली इलामबाट काठमाडौं आएलगत्तै अस्पताल पुगी बाबुरामलाई भेटेर स्वास्थ्यलाभको कामना गरेको उनका निजी सचिव अनिश दाहालले जानकारी दिए । एमाले अध्यक्ष ओलीसँगै पूर्वमन्त्री तथा एमाले युवा नेता महेश बस्नेत र सूर्यबिनायक नगरपालिकाका मेयर बासुदेव थापा पनि अस्पताल पुगेका थिए ।