३ कार्तिक २०८३, मंगलबार

कमल गाउँलेले ल्याए ‘भाइरल’ गाईजात्रा (भिडियो)

5.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कमल गाउँलेले यस वर्ष पनि गाईजात्रासम्बन्धी प्रस्तुतिसहितको गाईजात्रे भिडियो ‘भाइरल’ सार्वजनिक गरेका छन् । विगत १७ वर्षदेखि कमलले गाईजात्राका अवसरमा विशेष प्रस्तुति दिँदै आएका छन् ।

उनको गाईजात्रे प्रस्तुति ‘भाइरल’लाई बुढासुब्बा म्युजिकले बजारमा ल्याएका हो । करिव एकहप्ता अगाडि यूट्युबमा राखिएको कमलको गाईजात्रे प्रस्तुति ‘भाइरल’ले दर्शकको मन जितेको छ ।

गाईजात्रे प्रस्तुतिको स्क्रिप्ट कमल आफैले लेखेका हुन् । कमललाई संगीतकार तथा गायक गोविन्द मधुर आचार्य र क्यामरामा सन्देश शाहले विशेष सहयोग गरेका छन् ।

गाईजात्राका अवसरमा तपाईले किन गाईजात्रे प्रस्तुतिसहितको भिडियोहरू बनाउने गर्नु हुन्छ भन्ने प्रश्नको जिज्ञासामा हास्य कलाकार कमल गाउँलेले भने, ‘बिगत १७ वर्षदेखि लगातार प्रत्येक वर्ष मैले गाईजात्राका अवसरमा हाँस्य प्रस्तुतिसहितका भिडियो बनाउने गरेको छु ।

समाज र राजनीतिमा हुने घटना क्रमलाई दर्शक समक्ष घोँचपेच गरेर झकझकाउने गरेको छु । त्यही कारण मैले गाईजात्रे प्रस्तुति दिने गरेको छु ।’

तपाईको गाईजात्रे प्रस्तुति ‘भाइरल’ले त युट्युबमा भाइरल नै मच्चाएको छ नि भन्ने जवाफमा कमल गाउँलेले भने, ‘अहिलेसम्म कमाएकै दर्शकको माया हो । दाम त कमाउन कहाँ सकेको छु र ? दर्शकको मायाले गर्दा प्रत्येक वर्ष गाईजात्राका प्रस्तुुति ल्याउने गरेको छु ।’