काठमाडौं, २३ साउन । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको नगर विकास विकास समितिमा लोकेन्द्र विष्ट नियुक्त हुनुभएको छ ।
नेपाल सरकारको निर्णयअनुसार सहरी विकास मन्त्रालयअन्तर्गतको नगर विकास तथा साना सहर शाखाले विष्टलाई सोमबार कृष्णपुर नगर विकास समितिको अध्यक्षमा नियुक्त गरेको हो ।
नेकपा माओवादी केन्द्रका युवा नेता विष्ट कृष्णपुरवासीमाझ लोकप्रिय छन् । विष्ट खेलकुद क्षेत्रमा पनि संलग्न छन् ।













प्रतिक्रिया