४ कार्तिक २०८३, बुधबार

सिप्रदीद्वारा मोबाइल सर्भिस भ्यान सञ्चालनमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । नेपालका लागि टाटा हिटाचीको अधिक्रित बिक्रेता सिप्रदि अर्थमुभर्स प्रालिले मोबाइल सर्भिस भ्यान सन्चालानमा ल्याएको छ ।

सोमबार आयोजित एक कार्यक्रममा सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ र टाटा हिटाचीका सिनियर जनरल म्यानेजर हेमन्त मथुरले संयुक्त रुपमा उद्घाटन गरेका हुन । उक्त सर्भिस भ्यानले टाटा हिटाचीका ग्राहकहरुलाई छिटो र छरितो सेवा प्रदान गर्नुका साथै स्पेयर पार्ट्सहरु पनि तुरुन्त उपलब्ध गराउनेछ ।

उपभोक्ताले टाटा हिटाचीका इस्काभेटर र ह्विल इकुप्मेन्टहरु बिग्रेको स्थानबाट सम्पर्क गरिसकेपछि उक्त मोबाइल सर्भिस भ्यानले सोहि स्थानमा गएर मर्मत गर्नेछ । यो भ्यानले अहिलेलाई काठ्माडौं भ्याली भित्र, धादिङ्ग, नुवाकोट, बनेपा र अन्य बाग्मती क्षेत्रमा भरपर्दो सेवा प्रदान गर्नेछ भने भबिष्यमा सो सेवालाई बिस्तार गर्दै देशका सम्पूर्ण भागहरुमा पु–याईने कम्पनीको योजना रहेको छ ।

‘उपभोक्ताको आवश्यकतालाई सक्दो छिटो र सुलभ ढंगले उपलब्ध गराउन सकियोस भन्ने उद्देश्यका साथ उक्त भ्यान सञ्चालनमा ल्याइएको हो,’ राजन बाबुले श्रेष्ठले भन्नुभयो । स्मरण रहोस् यसअघि सिप्रदीले टाटाका गाडीहरुको मर्मतको लागि मोबाइल सर्भिस भ्यान सञ्चालनमा ल्याइसकेको छ ।

बिगत ३५ बर्षदेखि अटोमोबाइल सेवा प्रदान गर्दै आएको सबैभन्दा ठुलो कम्पनी र सबैभन्दा बढि कर तिर्न सफल कम्पनी सिप्रदिले नेपालमा टाटाका कमर्सियल र प्यासेन्जर भेइकल, टाटाका स्पेयर पार्ट्स, एक्साइड ब्याट्ट्रि, म्याक लुब्रिकेन्ट्स, मिस्लिन टायर र टाटा हिटाचिका कन्सट्रक्सन इक्विप्मेन्टहरु बिक्री गर्दै आएको छ ।