काठमाडौं, २३ साउन । सामसुङ इलेक्ट्रोनिक्सले हालै सामसुङ ग्यालेक्सी J7 म्याक्स मोबाइल नेपाली बजारमा भित्र्याएको छ ।
नेपालमा सर्वाधिक रुचाइएको स्मार्ट फोन J सिरिज अब उत्कृष्ट विशेषताहरुले सुसज्जित भई J 7 म्याक्सका रुपमा प्रस्तुत गरिएको छ । यसमा नवीनतम विशेषताहरु जस्तै फिङ्गर प्रिन्ट सेन्सर र फेस रिकग्निसन, उच्च कार्यक्षमताका लागि ४ जिबी -याम तथा ३२ जिबी मेमोरि तथा अन्य उत्कृष्ट विशेषता रहेका छन् ।
नयाँ J सिरिज मोडलका प्रभावशाली f 1.7 लेन्स युक्त क्यामराले ब्राइट सेल्फि, तथा कम उज्यालोको अवस्थामा पनि उत्कृष्ट फोटो खिच्न सकिन्छ ।
आइ एम बिज, सामसुङ नेपालका प्रमुख प्रंणय रत्न स्थापितले “मध्यमस्तरको स्मार्ट फोन बजारमा सामसुङ J सिरिजले अग्रता लिंदै आएको छ, सामसुङ कम्पनीले आम उपभोक्तहरुको मागलाई राम्ररी बुझ्दछ त्यसैले गर्दा हामीले सहज जीवनको लागि सार्थक आविष्कारहरु गर्दै आएका छौं र मध्यमस्तरका मोबाइलहरुको माग दिनानुदिन बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै हामीले ग्यालेक्सी J7 Max मोबाइल बजारमा ल्याएका हौं । यसमा भएका अद्वितीय विशेषता सुरक्षा, उत्कृष्ट कार्य क्षमताको लागि ४ जिबी -याम तथा ३२ जिबी रोम मेमोरि तथा नबीनतम फिचरहरु जस्तै S-bike mode, S-Secure, S power planning, Smartglow र Adaptive wifi जस्ता सुविधाहरुले गर्दा यो डिभाइसले अग्रणी स्थान प्राप्त गर्ने छ” भन्ने कुरा उल्लेख गर्नुभयो ।
क्यामराः कम उज्ज्यालोमा पनि चहकिलो र उत्कृष्ट फोट खिच्न सकिने
J7 Max मा १३ MP को फ्रन्ट क्यामरा र फ्ल्यास रहेको छ, जसमा f1.9 को लेन्स लगाइएको छ भने ब्याक क्यामरामा f1.7 लेन्सको साथै फ्ल्यास पनि रहेको छ । यस्तो विशेष सुविधा यस अघि सामसुङका अग्रणी मोबाइलहरु (flagship phones) मा मात्र उपलब्ध रहदै आएका थियो । यसमा प्रयोग भएको लेन्सले कम उज्यालो भएको अवस्थमा पनि उत्कृष्ट फोटो तथा सेल्फि खिच्न सक्दछ ।
उत्कृष्ट कार्यक्षमता
Galaxy J7 Max, मा भएको 1.6 GHz Octa-core processor, 4GB of RAM ले निर्बाद रुपमा मल्टि टास्किङको सुविधा प्रदान गर्दछ । यसमा भएको ब्याट्रिले विना रुकावट निरन्तर कार्य गर्दछ । ज्यादा टिकाउहुने ब्याट्रिले समग्र मोबाइलको कार्य क्षमतालाई चुस्तता एवम् भरपर्दो अनुभव प्रदान गर्दछ । यसमा भएको मेटल युनिबडीले स्मार्टफोनलाई अझ स्टाइलिस बनाएको छ ।
ठूलो स्क्रिन र सुधारिएको सुरक्षा
J7 Max, मा FHD स्क्रिन रहेको छ जसले गेमहरु खेल्दा र मुभिहरु हेर्दा सहजता प्रदान गर्दछ । यसमा भएको टचमा आधारित फिङ्गर प्रिन्ट सेन्सर, वेभसाइटमा एकाउन्ट भेरिफाइ सुविधा, तथा फेस रिकग्निसन जस्ता प्रमाणिकरण सुरक्षा रहेका छन् ।
युटिलिटि एवम् सर्भिसेज
यसमा भएको Adaptive WIFI! जुन बाइफाइ रेन्ज भित्र रहँदाको अवस्थामा स्वतः एक्टिभ हुन्छ भने वाइफाई रेन्ज बाहिर रहदाँ आफै निष्कृय हुन्छ । यो विशेषताले गर्दा मोबाइल डाटा बचत हुन जान्छ ।
यसमा भएको अद्वितीय विशेषता जस्तैः स्मार्ट ग्लो जसले कलरफुल नोटिफिकेशन दिन्छ, ग्राहकले आफ्नो छनौट अनुसासर स्मार्ट ग्लोलाई छनौट गर्न पनि सक्नुहुन्छ । Smile assist, Snooping alert, Mirror Selfie जस्ता सुविधाले थप सहजता प्रदान गर्दछन् । ।
J7 म्याक्स मोबाइलमा भएको Dual Messenger फिचरले म्यासेजिङको लागि थप सहजता प्रदान गर्दछ । यो सुविधाले गर्दा मोबाइलमा दुई कपि एप्स इन्स्टल गर्न सकिन्छ र दुई भिन्न भिन्न एकाउन्टबाट लगिन गरी च्याट गर्न पनि सकिन्छ ।
अर्को सुविधा भनेको इन्स्टा स्विचिङ हो यो नयाँ सुविधाले एप्स र होम स्क्रिनमा भर्टिकल स्वीप गरी सहजै Switch गर्न सकिन्छ ।
हालको अफर अन्तर्गत J7 Max सेट मात्र रु २८२९० मा खरिद गर्न सकिन्छ । कालो र सुनौलो रंगमा उपलब्ध ग्यालेक्सी J7 Max मोबाइल अगष्ट १, २०१७ देखि रिटेल स्टोरमार्फत् उपलब्ध हुँदै आएका छन् ।
नेपाल टेलिकम डाटा ग्राहकहरुका लागि थप सुविधा प्रदान गर्न, J7 म्याक्सले नेपाल टेलिकमसँग सहकार्य गरी J7 Max का ग्राहकहरुलाई ७ महिनासम्म प्रतिमहिना १ जिबीका दरले निःशुल्क डाटा तथा निःशुल्क सिमकार्ड प्रदान गरेको छ । निःशुल्क सिमकार्ड सामसुङ ब्राण्ड सपहरुबाट मात्र प्राप्त गर्न सकिन्छ ।
Samsung Galaxy J7 Max मा भएका विशेषताहरुः
| Display | 14.47cm (5.7”) FHD TFT |
| Camera | Rear:13MP(F1.7+Flash)
Front:13MP (F1.9+Flash) |
| Memory | 4 / 32GB (3 slots) |
| Dimension | 8.1mm (Thickness) |
| Battery | 3,300mAH |
| Processor | 1.6 GHz Octa Core |
| Connectivity | 4G Cat4 |
| OS | Nougat 7.0.1 |
| Colour Variants | Black & Gold |

















प्रतिक्रिया