मुम्बई । अभिनेता आमिर खान र उनकी पत्नी किरण रावलाई स्वाइन फ्लू रोगको संक्रमण लागेको छ । आमिर र किरणले आफ्नो उपचार घरमा गराइ रहेका छन् ।
पत्नी किरणलाई पति आमिरबाट स्वाइन फ्लू रोगको संक्रमण सरेको हो । आमिर र किरण पुणेस्थित एक कार्यक्रममा जाने कार्यक्रम थियो ।
तर, उनीहरूले बिरामी भएका कारण कार्यक्रममा नआउने सन्देश पठाएपछि स्वाइन फ्लूको संक्रमण भएको खुलेको हो ।
स्वाइन फ्लू रोगको संक्रमण सुरुवा रोग भएका कारण आमिर र किरण आरुलाई पनि संक्रमण नहोस् भनेर सार्वजनिक कार्यक्रममा नगएको बताएका छन् । – एजेन्सी















प्रतिक्रिया