४ कार्तिक २०८३, बुधबार

एनआईसी एशिया बैंकद्वारा अनलाइन आस्वा सेवा शुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ साउन । एन आइ सि एशिया बैंक लिमिटेडले आजदेखि अनलाइन आस्वा सेवा सुरु गरेको छ ।

२०७३ माघ देखि आस्वा प्रणालीमा सहभागी भई आफ्नो सम्पूर्ण शाखाहरु बाट आस्वा सेवामार्फत शेयर आवेदन लिने गरेकोमा बैंकको २०औं वार्षिकोत्सवको समय पारेर आफ्नो सम्पूर्ण ग्राहकलाई यो सेवा अझ मितव्ययी एवं सहज रुपमा प्रदान गर्नको लागि आज (साउन २२) देखि अनलाइन आस्वा सेवा सुरु गरेको हो ।

ग्राहक महानुभावहरुले यस बैंकको मोबाइल बैंकिङ्गवा इन्टरनेट बैंकिङ्ग सेवाप्रयोग गरि विनाकुनै शुल्क सहज रुपमा बैंकमा नै उपस्थित नभईकन अनलाइन आस्वा सेवा मार्फत आईपीओ, एफपीओ तथा म्युटुल फण्डसमा आवेदन दिन सक्ने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले जानकारी दिए ।

साथै बैंकले संचालन माल्याएको आकर्षक व्याजदर भएको कुनै पनि बचत खाताखोली शुरुमा निःशुल्क रुपमा मोबाइल बैंकिङ्ग वा इन्टरनेट बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् ।