काठमाडौं, २२ साउन । कलंकी होटल एण्ड गेष्ट हाउस एशोसियसनको पाँचौ अधिवेशनबाट महिणीप्रसाद आचार्यको नेतृत्वमा १७ सदस्यीय नयाँकार्यसमिति निर्वाचित भएको छ ।
काठमाडौंमा शनिबार सम्पन्न भेलाले कार्यसमितिको अध्यक्षमा आचार्य, वरिष्ठ उपाध्यक्षमा रुद्र न्यौपाने, उपाध्यक्षमा देवीबहादुर राई, महासचिवमा दीपक आचार्य, सचिवमा कृष्ण बस्याल (किसन), कोषाध्यक्षमा नकुल कार्की र सहकोषाध्यक्षमा तुलबहादुर श्रेष्ठ निर्वाचित भएका हुन् ।
महानगरपालिकाको १३ र १४ वडामा रहेका होटल तथा रेष्टुरेन्ट व्यवसायीहरू सदस्य रहेको एशोसियसनमा हालसम्म ६५ जना सदस्य रहेका छन् । होटल व्यवासायी महासंघमा आवद्ध यस एशोसियसनले सदस्य संख्या ११० पुगाउने लक्ष्य लिएको छ ।
नयाँ कार्यसमितिमा लोमस होटल एण्ड लज, कलंकीका सञ्चालक कृष्ण बस्याल (किसन) ले अध्यक्षमा निर्वाचित भएका आचार्यले सबैलाई समेटेर अगाडि बढ्ने बताउँदै होटल व्यवसायीहरूको हकहितका लागि अझै क्रियाशील रहने बताउनुभयो । कार्यसमितिको अधिकांश पदमा युवा व्यवसायीहरू निर्वाचित भएका छन् ।
सचिवमा निर्वाचित बस्यालले युवाको जोश, नयाँ सोच र भिजनका साथ अगाडि बढ्ने बताउनु भएको छ । व्यवासयीहरूको हकहितका लागि एशोसियसनमा उम्मेदवारी दिएर निर्वाचित हुनु भएका बस्याल नेपाल फलफूल थोक व्यवासयी संघ कुलेश्वरका पूर्वसचिव समेत हुनुहुन्छ ।
उहाँले विगत १० वर्षदेखि व्यवसायीहरूको हकहितका लागि काम गर्दै आउनु भएको छ । बस्यालले एशोसियसनलाई आर्थिक र अन्य विषयमा समेत सवल बनाएर अगाडि बढाउने प्रतिवद्धता जनाउनु भएको छ ।















प्रतिक्रिया