बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

उद्यमी बन्न चाहनेलाई अवसर, भदौमा हुँदैछ उद्यमी सीड क्याम्प

दैनिक नेपाल २०७४ साउन २२ गते १६:००

काठमाडौं, २२ साउन । स्टार्टअप्स नेपालले उद्यमी बन्न चाहनेकाका लागि ६ दिने उद्यमी सीड क्याम्प सञ्चालन गर्ने भएको छ । यो क्याम्पबाट भविष्यमा उद्यमी बन्न सहज हुनेछ ।

स्टार्टअप्सकी प्रभा रिजालका तिमल्सिनाका अनुसार उद्यमी सीड क्याम्प टेक संस्करण ६ दिने कार्यक्रम हो, जहाँ भविस्यमा उद्यमी बन्ने सपना बुनेकाहरुलाई दक्ष प्रशिक्षकद्वारा प्रशिक्षण दिई उनीहरुको सपनालाई उद्यममा रूपान्तरण गर्न सिकाइन्छ ।

उद्यमी सीड–क्याम्प आयोजना गर्नुको मुल उद्देश्य भिन्न तथा नविनतम व्यवसायिक बिचारलाई सहयोग गरि व्यवसायिक संजाल अभिवृद्धि गर्नु हो । आफ्नो व्यवसायिक सोचमा सहभागी टोलीले कुनै पनि स्तरमा प्रविधिको शामिल गरेको हुनुपर्ने यस टेक संस्करणको मापदण्ड रहेको छ ।

स्टार्टअप्सले यसअघि पुल्चोकमा २१–२५ अप्रिलसम्म उद्यमी सीड क्याम्प सफलतापूर्वक सम्पन्न गरेको थियो । फेरि इच्छुक उद्यमीहरूका लागि अर्को थिम टेक (प्रबिधि) केन्द्रित संस्करण अर्को उद्यमी सीड क्याम्प आयोजना गर्न लागिएको स्टार्टअप्सले विज्ञप्तिमाफर्त जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित