काठमाडौं, २२ साउन । प्रभु इन्स्योरेन्स लिमिटेड स्थापनाको २१ औं वर्ष पूरा गरी २२ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीको २२ औं स्थापना दिवसको अवसरमा राजधानीमा आयोजित
प्रमुख अतिथि तथा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँले बीमा कम्पनीहरूको पुँजी वृद्धि सम्बन्धमा नयाँ मापदण्ड तय गरिएकोमा तोकिएको समयमै कम्पनीहरूले पुँजी कायम गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले निर्जीवन बीमाको दायरा वृद्धि गर्नका लागि हुलदंगा तथा आतंकवादको बीमा दर परिमार्जन गरिएको बताउनुभयो ।
आगामी दिनहरूमा बीमा कम्पनीहरूको निरीक्षण प्रभावकारी बनाउँदै लगिने बताउनुभयो । उहाँले बीमा क्षेत्रमा नियम, विधि तथा कानूनअनुसार काम नगर्नेलाई कारबाही गर्न पछि नपर्ने बताउँदै कम्पनीको मानव संशाधन सम्बन्धमा सुधार गर्न सुझाव दिनुभयो ।
प्रभु इन्स्योरेन्सको अवस्था राम्रो रहेको तथा सबै कम्पनीहरूमध्ये अग्रणी भूमिकामा रहन सफल भएकोमा खुसी व्यक्त गर्दै उहाँले आगामी दिनमा थप सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै कम्पनीका अध्यक्ष कुसुम लामाले कृषि तथा बाली बीमा सम्बन्धमा सहकार्य गरी अगाडि बढ्नु पर्ने आवश्यकता रहेको बताउँनुभयो । उहाँले बीमा समिति र बीमा कम्पनीहरूले सहकार्य गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी अगाडि बढ्नु पर्नेका साथै कृषि तथा बाली बीमाको लागि पूर्वाधार वृद्धि गरी अगाडि बढ्नुपर्ने बताउनुभयो ।
हाल यस कम्पनीको केन्द्रीय कार्यालयसहित शाखा तथा उपशाखा संख्या २३ छ ।















प्रतिक्रिया