काठमाडौं, २२ साउन । घट्टेकुलोस्थित एस.ए.बी. पब्लिक स्कूलले विद्यार्थीलाई चीन तथा चिनियाँ संस्कृतिको ज्ञानमूलक जानकारी प्रदान गर्न विद्यालयमा चिनियाँ चलचित्र प्रदर्शन गरेको छ ।
विद्यालयमा पढाइ हुने विदेशी भाषाहरूमध्ये चिनियाँ भाषाको प्रयोगात्मक कक्षाअन्तर्गत उक्त चलचित्र प्रदर्शन गरिएको एस.ए.बी.स्कूलले जनाएको छ ।
नेपाल चिनियाँ सांस्कृतिक केन्द्र्रको आयोजनमा आफ्नो ‘दोस्रो विद्यालय क्याम्पस चिनियाँ चलचित्र महोत्सव’ कार्यक्रम अनुरुप एस. ए. बी. पब्लिक स्कूलमा चलचित्र प्रदर्शन गरेको थियो ।
कक्षा ४, ५ तथा ६ का विद्यार्थी चिनियाँ चलचित्र हेरेर निकै रमाएका थिए । विद्यालयको प्राङ्गणमा केन्द्रले सजाएको ड्रायगनसंग अन्य कक्षाका विद्यार्थी खेल्न पाउँदा खुशी भएको जारी प्रेस नोटमा उल्लेख छ ।
एस.ए.बी. स्कूलमा विद्यार्थीलाई चिनियाँ भाषाको पनि अध्यापन गराउँदै आइएको छ ।













प्रतिक्रिया