अछाम, २१ साउन । भरतपुर महानगरपालिकाको मेयरमा अन्तिममा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले नै जित्ने दाबी गरिएको छ ।
एमालेबाट अछामको चौरपाटी गाउँपालिकाको अध्यक्षमा निर्वाचित हर्क साउदले देवी ज्ञवालीले एक मतले भएपनि जित्ने बताउँछन् ।
चौरपाटी गाउँपालिकाको अध्यक्ष पदमा एक मतले चुनाव जितेका साउद भन्छन्- ‘देवी ज्ञवाली एक मतले भएपनि चुनाव जित्छन्, नआत्तिनुस् ।’
भरतपुरमा कांग्रेस माओवादी गठबन्धनकी उम्मेदवार रेणु दाहालले एमालेसँग निरन्तर मतान्तर घटाउँदै बराबरीमा आइपुग्दा एमाले नेता कार्यकर्ता निराश भएपछि साउदको यस्तो प्रतिक्रिया आएको हो । उनले अहिले नै हरेश नखान नेता कार्यकर्तालाई आह्वान समेत गरेका छन् ।
वडा नम्बर २० को १६ सय मत गणना हुँदा देवी र रेणुको मतान्तर ४ मा झरेको छ । देवीले ४२ हजार ४१८ मत पाएका छन् भने रेणुले ४२ हजार ४१४ मत पाएकी छिन् ।
अब २० नम्बर वडाको करिब १७ सय मत गन्न मात्रै बाँकी छ ।












प्रतिक्रिया