२१ कार्तिक २०८३, शनिबार

सिनपाको परिषद भदौ ४ गते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नरेश केसी

भैरहवा, २१ साउन । सिद्धार्थनगर पालिका भैरहवाको परिषद भदौं ४ गते हुने भएको छ । शुक्रबार नगरपालिकाका मेयर हरिप्रसाद अधिकारीको अध्यक्षतामा बसेको नगरको बोर्ड बैठकले परिषदको मिती तय गरेको हो ।

मेयर अधिकारी तथा उपमेयर उमा काफ्ले सहित नगरका बोर्डका पदाधिकारी संलग्न बैठकले नगरको विकासको लागी विभिन्न महत्वपुर्ण समिती समेत गठन गरेको छ । मेयर अधिकारीले दिएको जानकारी अनुसार सार्वजनिक सेवा तथा क्षमता विकास समितीमा वडा नम्बर २ का अध्यक्ष दिपक कुमार थापा संयोजक रहेका छन् । यसैगरी आर्थिक समितिमा वडा नम्बर ३ का अध्यक्ष थानेश्वर पौडेल संयोजक रहेका छन् ।

पुर्वाधार विकास समितीमा वडा नम्बर ११ का अध्यक्ष दिलिप कुमार यादव संयोजक रहेका छन् । वातवरण तथा विपद समितीमा वडा नम्बर ७ का अध्यक्ष भिमसेन कर्माचार्य संयोजक रहेका छन् । सामाजिक विकास समितीमा वडा नम्बर ५ का अध्यक्ष चेतबहादुर क्षेत्री संयोजक रहेका छन् । विधेयक (कानुन) समितीमा वडा नम्बर ९ का अध्यक्ष शेषकान्त भण्डारी संयोजक रहेको छन् ।

नगरमा जनप्रतिनिधी चुनिएर आएपछि हुन लागेको परिषदले नगरको विकासको खाका प्रस्तुत गर्ने नगरबासीको अपेक्षा रहेको छ ।