२१ कार्तिक २०८३, शनिबार

बागमतीको शिक्षा लिएर विष्णुमती सफाइ गरिने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ साउन । बागमती सफाइ अभियानबाट प्रेरित भएका नागरिकहरूले विष्णुमती र आसपासका खोलाहरूको सफाइ गर्ने उद्देश्यले शुक्रबार विष्णुमती सरसफाइ महाअभियान घोषणा सुरु गरेका छन् ।

रक्षामन्त्री भीमसेन दासप्रधानसहितका अभियानकर्ताहरूले ‘सरसफाइ नागरिक महा–अभियान विष्णुमती’ लेखिएको ज्याकेट सार्वजनिक गर्दै सो महाअभियानको सुरुवात गरेका हुन् ।

संयुक्तरुपमा घोषणा गरिएको महाअभियानको संयोजकको जिम्मेवारी बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेका अध्यक्ष तथा महाप्रबन्धक नन्दकिशोर बस्नेतलाई तोकिएको छ ।

कार्यक्रममा ‘सरसफाइ नागरिक महाअभियान साझेदारी, समन्वय र सहभागिता घोषणासभा’ मार्फत यो अभियान सुरु गरिएको छ ।

रक्षामन्त्री प्रधानले भन्नुभयो, ‘प्रदूषणले चमेरा हराउँदैछन्, हामी पनि बिस्तारै हराउन सक्छौं, त्यसैले विष्णुमती अभियानमा सहभागी भई सहयोग गर्नु पर्छ ।’
पूर्वमन्त्री अर्जुननरसिंह केसीले विष्णुमती नदीको सफाइ नभई बागमतीको सफाइ पूरा हुँदैन भन्दै जनस्तरबाटै प्रदूषण हटाउने कार्यमा सहभागी हुन अनुरोध गर्नुभयो ।

काठमाडौं महानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष मुकुन्द रिजालले विष्णुमती किनारमा रहेका वास्तविक सुकुम्बासीलाई व्यवस्थित गरिने र नक्कलीलाई हटाएर विष्णुमती सफाइ अभियानलाई सहयोग गर्ने बचन दिनुभयो ।