१० मंसिर २०८३, बिहिबार

गुण्डा नाइके मनोजले लिए रुपन्देही गोलीकाण्डको जिम्मेवारी

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुण्डा नाइके मनोज पुन

भैरहवा, २१ साउन । रुपन्देहीको मणिग्राममा एक व्यवसायीमाथि लक्षित गरी गोली प्रहार भएको घटनाको जिम्मेवारी गुण्डा नाइके मनोज पुनले लिएका छन् ।

तिलोत्तमा नगरपालिकाको मणिग्रामका सिरिसा मार्वलका सञ्चालक दुर्गालाल भण्डारीलाई लक्षित गरी शुक्रबार गोली प्रहार भएको थियो । दुई राउण्ड गोली प्रहार भएपनि भण्डारी सुरक्षित छन् ।

मोटरसाइकलमा आएका दुई जना पसलभित्रै पसेर गोली चलाएको बताइएको छ । उनीहरू हेलमेट लगाएर पसलमा पसेका थिए । गोली फायर गर्नासाथ उनीहरु भागेको बताइएको छ ।

व्यवसायी भण्डारीलाई गोली प्रहारको जिम्मेवारी प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका गुन्डा नाइके मनोज पुनले लिएको जनाइएको छ । मनोजले व्यापारी भण्डारीका छोरा दीपक भण्डारीलाई फोन गरेर आफ्नो समूहले गोली चलाएको बताएका हुन् ।

‘म मलेसियामा छु’, गुन्डा नाइके मनोज पुनले फोनमा दिएको धम्की उदृत गर्दै दीपकले भने, ‘दुर्गालाल भण्डारीसँग ३० लाख रुपैयाँ माग गरेको र नदिएपछि गोली चलाउन लगाएको हुँ ।’

३० लाख चन्दा मागेको तर, नदिएका कारण गोली चलाएको फोनमा पुनले बताएको दीपकको भनाइ छ । उनले थप आक्रमण गर्ने चेतावनी समेत दिएका छन् ।

मनोज पुनले एमाले निकट युवा संघ रुपन्देहीका नेता दुर्गा तिवारीको हत्या गरेका थिए । सो घटनाको मुख्य योजनाकारका रुपमा मनोजलाई लिनेगरिएको छ ।

डीएसपी बेलबहादुर पाण्डेले घटनाको जिम्मेवारी पुनले लिए पनि गोली चलाउने व्यक्तिकोबारे सूचना पाइनसकेको बताए ।