काठमाडौं, २० साउन । Enterprise को तेस्रो संस्करणका सहभागीहरुलाई कार्यक्रममा स्वागत गर्न मोक्ष, झम्सिखेलमा साउन १९ मा रात्रि भोजको आयोजना गरियो ।
Enterprise नेपालको निजि क्षेत्रद्वारा संचालित पहिलो business accelerator हो जहाँ कम्तिमा ३ वर्ष संचालनमा रही आएका कम्पनीहरुले भाग लिन पाउनेछन् जसको माध्यमबाट कम्पनीहरुले आफ्नो business model मा सुधार ल्याई, लगानीकर्ताबाट पूँजी संकलन गरेर आफ्नो व्यापार वृद्धिलाई अर्को तह सम्म लैजान सक्षम हुनेछन् ।
छानिएका कम्पनीहरु यस प्रकार छन्: भुमि फुड प्रोडक्ट्स, कस्टमाइज्द फर्निचर, एमिनेंस वेज्, सोर्स कोड र द फिजिक वर्कशप ।
स्वागत भोजमा एउटा परिचय सभाको आयोजना पनि भयो जहाँ सहभागी कम्पनीहरुलाई विज्ञहरु, विशेषग्यहरु, लगानीकर्ताहरु तथा कार्यक्रमको साझेदार समक्ष परिचय गराइयो ।
आगामी १२ हप्तामा सहभागी कम्पनीहरुले विभिन्न व्यवसायिक बिषय सम्बन्धी हुने कार्यशाला तथा सभाहरुमा भाग लिनेछन् । कार्यक्रमको अन्त्य Demo Day मा हुनेछ जहाँ सहभागी कम्पनीहरुले आफ्नो योजना लगानीकर्ताहरु सक्षम लगानी उठाउन र व्यापारलाई वृद्धि गर्न प्रस्तुत गर्नेछन् ।
Enterprise नेपालको लगानी, परामर्श तथा व्यवस्थापनको छेत्रमा काम गर्ने संस्था – True North Associatesको लगानी तथा व्यवस्थापनमा संचालन भईरहेको कार्यक्रम हो । यो कार्यक्रम युवा उध्यमि मंच (एन. वाई. ई. एफ.) को पहलमा ओक्लोहोमा विश्वविध्यालय अन्तर्गतको द रोनी के इरानी सेन्टर फर द क्रिएसन अफ् इकोनोमिक वेल्थ (आई-सीसीईडब्लु)को साझेदारीमा हुन लागेको हो ।
कार्यक्रमको तेस्रो संस्करणको लागि Enterprise ले शिखर इन्स्योरेन्ससँग इन्स्योरेन्स पार्टनरको रुपमा र एनएमबि बैंकसँग बैंकिंग पार्टनरको रुपमा कार्यक्रममा सहकार्य गर्नेछ ।

















प्रतिक्रिया