१० मंसिर २०८३, बिहिबार

‘प्रचण्ड-देउवाले बन्दकोठाभित्र संशोधन प्रस्ताव ल्याए, हामीले कसरी सहमति जनाउने ?’

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सन्तोष यादब

सिरहा, २० साउन । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले स्थानीय तहको चुनाव अगाडी संविधान संशोधन कुनै पनि हालतमा हुन नसक्ने दावी गर्नुभएको छ ।

प्रेस चौतारी शाखा सिरहाले लहानमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले एमाले संविधान संशोधनको विपक्षमा नरहेको प्रष्ट समेत पार्नुभयो । उहाँले एमाले ठूलो दल भएपनि सहमति बेगर संविधान संशोधनको प्रस्ताव ल्याएकोले मात्र असमति जनाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मधेसी दलको सहयोग पाउन प्रचण्ड र शेरबहादुर देउवाले बन्दकोठाभित्र संविधान संशोधनको प्रस्ताव ल्याए । त्यसमा हामी कसरी सहमति जनाउने ?’ संविधानको कुन धारामा विभेद भएको हो, हामीलाई कन्भिन्स गर्न सके संशोधन गर्न तयार हुने उहाँको भनाई थियो ।

मधेसी र पहाडी समुदायको भावना भड्काउने काम भइरहेको प्रति चिन्ता व्यक्त गर्दै नेता ज्ञवालीले मधेस र पहाडबीच बढेको दुरी घटाउने काम एमालेले गर्ने बताउनुभयो । उहाँले मधेस र पहाडको दुरी बढ्यो भने विकास सम्भव नहुने पनि बताउनुभयो ।

नेता ज्ञवालीले प्रदेश नम्बर दुईमा हुन लागेको तेस्रो चरणको निर्वाचनमा एमाले पहिलो स्थान ल्याउने दावी समेत गर्नुभयो । उहाँले सिरहामा रहेका १७ स्थानीय तहमध्ये अधिकांशमा एमाले नै जित्ने पनि दावी गर्नुभएको छ ।