भरतपुर, २० साउन । भरतपुर महानगरपालिकाको वडा नं. १९ मा बिहानैदेखि मतदाताले लाइनमा बसेर मतदान गरेका छन् ।
बिहानैदेखि पानी परेपनि त्यसको बेवास्ता गर्दै मतदाताले मतदान गरेका हुन् ।
वडामा एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार नेपाल प्रहरीका ४६१ र सशस्त्र प्रहरीका २९५ जना परिचालन गरिएको छ ।
बाहिरी घेरामा नेपाली सेना र भित्री घेरामा राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालित छन् ।
















प्रतिक्रिया