४ कार्तिक २०८३, बुधबार

एनआइसी एशिया बैंक लिमिटेडद्वारा नगद अमेरिकी डलर आयात

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । सयौंको संख्यामा दैनिक रुपमा विदेशिने नेपालीहरुको उच्च अमेरिकी नगद डलरको मागका बाबजुद पनि, नगद अमेरिकी डलरको अति न्यून मात्र आपूर्ति भएको कारण उत्पन्न भएको अभावले गर्दा ग्राहकहरुलाई पर्न गएको असजतालाई सम्बोधन गर्ने हेतुले नेपाल राष्ट्र बैंकद्वारा ‘क’ वर्गका बैंकहरुलाई समेत विदेशवाट नगद डलर आयात गरी आफ्नो ग्राहकवर्गहरुलाई उपलब्ध गराउन सक्ने व्यवस्था गरे अनुरुप एन आई सी एशिया बैंक लिमिटेडले नेपालमै पहिलो पटक नगद अमेरिकी डलर आयात गरी ग्राहकवर्गलाई सहज रुपमा नगद अमेरिकी डलर उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।

नेपाल राष्ट्र बैकको हालको नियमानुसार नेपाली नागरिकले विदेश जाँदा आफ्नो राहदानी वापत २,५०० अमेरिकी डलर सम्म सटही सुविधा प्राप्त गर्न सक्ने व्यवस्था लागू गरेको छ ।

बैंकले हालका लागि आफ्नो काठमाडौं भित्रका सम्पूर्ण ३२ शाखा कार्यालयहरु (त्रिपुरेश्वर, जावलाखेल, न्यूरोड खिचापोखरी, बनेपा, भक्तपुर, कलंकी, क्षेत्रपाटी, महाराजगंज, सामाखुसी, बौद्ध, बागबजार, कौशलटार, ग्वार्को, खुमल्टार, सुकेघारा, डिल्लीबजार, न्यूरोड विशालबजार, कमलादी, पुल्चोक, बत्तीसपुतली, किर्तिपुर, सातदाबाटो, टेकु, पेप्सीकोला, थानकोट, ठमेल, नयाँ बानेश्वर, थापाथली रजिष्टर्ड कार्यालय शाखा, बालाजु, कपन, लाजिम्पाट र गोल्फुटार) तथा उपत्यका बाहिरका शाखा कार्यालयहरु (विराटनगर, वीरगंज, धरान, पोखरा, नेपालगंज, नारायणगढ, बुटवल आदि) बाट सहज रुपमा उपलब्ध गराउने व्यवस्था गरेको छ ।

साथै, यस बैंकले विदेश जाने ग्राहकहरुलाई VISA International Debit Card मार्फत पनि अमेरिकी डलर सटही सुविधा प्रदान गर्दै आएको छ ।

बैंक आफ्ना ग्राहकवर्गको आवश्यकताहरु पहिचान गरी सोलाई सम्बोधन गर्न समयानुकुल उच्चतम सेवा तथा सुविधा प्रदान गर्नका लागि सदैव प्रयासरत रहँदै आएको छ । भविष्यमा समेत ग्राहकवर्गको आवश्यकता बमोजिम नयाँ नयाँ सेवा, सुविधाहरु थप गर्दै जाने बंैकको रणनीति रहेको छ ।