– गौरव त्रिपाठी
पोखरा, २० साउन । पोखरा लेखनाथ महानगरपालिकाका महिला स्वास्थय स्वम् सेविकाहरुले अव मोवाइल पाउने भएका छन् ।
भरतपोखी पोलेमानपा मा पुर्ण खोप वडा घोषणा कार्यक्रममा वोल्दै मेयर मान वहादुर जिसीले सवै महिलाहरुलाई अव तालीम र मोवाइल प्रदान गर्न अन्य सहयोगी संस्थाहरुसगँ कुराकानी अन्तीम चरणमा भइरहको वताए ।
वडामा हुने सुत्केरी महिला खोप लगाउनु पर्ने वालवालीकाहरुको तथ्याङ्क समेत मोवाइलवाट जानकारी गराइने मासीक एक सय रिचार्ज पनि महानगरको स्वास्थ्य क्षेत्रको युनीटले दिने वताए । जिल्ला जन स्वास्थ्य कार्यलयका प्रमुख दिनेश कुमार चपाइले पनि जिल्ला भरीका महिलामा यो सुविधा लान खोजेको वताए ।
यदी महिलाहरुले मोवाइल र तालीम पाए भने कति महिला सुत्केरी छन् कति वालवालीकाहरु खोप लगाउन वाट वञ्चीत भए भन्ने जानकरी पाउन सजिलो हुने र काम पनि प्रभावकारी तरीकाले गर्न सकीने मेयर जिसीको भनाई थियो । भरत पोखरी वडा नं ३३ एक कार्यक्रमका विच पुर्ण खोप वडा घोषणा भएको छ ।













प्रतिक्रिया