लमजुङ, १९ साउन । जिल्ला समन्वय समिति लमजुङमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को गठबन्धन निर्विरोध निर्वाचित भएका छन् । एमालेको तर्फबाट प्रमुखमा लोकराज पाण्डे र उपप्रमुखमा धनमाया तामाङ निर्विरोध निर्वाचित भएका हुन् ।
यसैगरी समन्वय समितिको सदस्यमा एमालेबाट नै टकबहादुर गुरुङ, नन्दराम विक, लालबहादुर गुरुङ र प्रकाश दुरा निर्विरोध हुनुभएको छ । त्यस्तै महिला सदस्यतर्फ एमालेकै ज्ञानु नेपाली, सरस्वती पन्त र माओवादी केन्द्रका इन्दिरा पोख्रेल निर्विरोध भएका छन् ।
सहायक मतदान अधिकृत भूमिप्रसाद शर्माका अनुसार बुधबार ११ देखि २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएकामा अरु कसैको पनि मनोनयन नपरेपछि उनीहरु निर्विरोध बनेका हुन् ।












प्रतिक्रिया