१० मंसिर २०८३, बिहिबार

राजपाको पदाधिकारी बैठक दोस्रो दिन पनि बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय पदाधिकारीहरूको बैठक आज दोस्रो दिन पनि बस्दैछ ।

अहिले केही समयपछि बबरमहलस्थित पार्टी मुख्यालयमा पदाधिकारीहरूको बैठक सुरु हुने महासचिव केशव झाले जानकारी दिनु भयो ।

‘अध्यक्षज्यूको प्रतिवेदनमाथि टिप्पणी गर्ने क्रम जारी छ’, उहाँले भन्नुभयो, ‘बैठकमा धारणा राख्नका लागि थुप्रै पदाधिकारीले नाम टिपाउनु भएको छ ।’

बैठकमा असन्तुष्ट पक्षका केही नेताहरू भने पहिलो दिन अनुपस्थित रहेका थिए ।