काठमाडौं । गायिका निर्मला भण्डारीले तीज गीत ‘नभने बुढाले ऋण लाग्यो’ ल्याएकी छिन् । निर्मलाको यो गीतको शब्द र लय भगवान भण्डारीका हुन् ।
म्युजिक भिडियोको निर्देशन शंकर विसीले गरेका हुन् । म्युजिक नेपालले यो गीतको म्युजिक भिडियोलाई आफ्नो यूट्युब च्यानलमा राखेको छ ।
म्युजिक भिडियोमा गायिका स्वयं निमला भण्डारी र करिष्मा ढकालले अभिनय गरेका छन् ।
राम्रा गीतका सर्जक भगवान भण्डारीका लोक तथा दोहोरी गीतहरू अहिले पनि उत्तिकै चर्चित छन् । अमेरिकाको बाल्टिमोरमा बस्दै आएको भगवान र निर्मलाको जोडीले तीज गीतमा मिहिनेत गरेका छन् ।















प्रतिक्रिया