१० मंसिर २०८३, बिहिबार

एमालेको स्थायी समिति बस्दै, महत्वपूर्ण लिइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, १९ साउन । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न प्रमुख विपक्षी दल नेकपा (एमाले)को स्थायी समितिको बैठक बस्दैछ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा अपरान्ह स्थायी समितिको बैठक बस्ने तयारी भएको हो ।

एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले निर्वाचनको तयारी, जिल्ला समन्वयन समितिको प्रमुख र उपप्रमुख तथा अन्य विविध विषयमा छलफल गर्न बैठक बस्न लागेको जानकारी दिनुभयो ।

२ नं. प्रदेशको स्थानीय तहको निर्वाचनमा केन्द्रित रहेको एमालेले सो विषयमा पनि रणनीति तयार पार्नेछ । एमालेले २ नं. प्रदेशलाई रणनैतिक रुपमा लिएको छ ।