२१ कार्तिक २०८३, शनिबार

निर्वाचन आयोगलाई प्रेस युनियनले दियो चेतावनी, अब निरंकुशताविरुद्ध एक हुने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । नेपाल प्रेस युनियन काठमाडौं शाखाले निर्वाचन आयोगसम्बन्धी समाचार संप्रेषण गरेको विषयमा देशान्तर साप्ताहिकका प्रधान सम्पादकलाई ३ दिनभित्र उपस्थित गराउन निर्वाचन आयोगले निर्देशन दिएको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘समाचार संप्रेषण गर्ने र जनतालाई सु–सूचित गर्ने अभियानमा साढे ३ दशकदेखि सक्रिय देशान्तर साप्ताहिकमा प्रकाशित समाचारको खण्डन गर्ने र प्रेस काउन्सिल मार्फत न्यायिक उपचार खोज्ने वैधानिक बाटोलाई नजर अन्दाज गर्दै निरकुंश शैलीमा आयोगले जारी गरेको आदेश पूर्णतः अलोकतान्त्रिक र प्रेस नियन्त्रण गर्ने दुराशयबाट प्रेरित रहेको प्रष्ट हुन्छ’, शाखाका अध्यक्ष नकुल अर्यालद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

‘आयोगको यस कदमको घोर भत्र्सना गर्दछ र प्रेस काउन्सिल लगायतका निकायलाई आफ्नै कार्यक्षेत्रमाथि आयोगद्वारा गरिएको हस्तक्षेपको विरुद्धमा उभिन आग्रह गर्दछ’, प्रेस युनियनले भनेको छ, ‘सम्पूर्ण लोकतन्त्रवादी एवं प्रेस स्वतन्त्रताका पक्षधरहरुलाई आयोगको हस्तक्षेपकारी निरंकुश नियतका विरुद्ध एकजुट हुन अनुरोध गर्दछौं ।’

समाचार सम्प्रेषणको विषयमा निर्वाचन आयोगले देशान्तर साप्ताहिकलाई प्रमाणसहित उपस्थित हुन निर्देशन दिएको थियो । आयोगको सो कदमको प्रेस युनियनले विरोध गर्दै आएको छ ।