– मिना बुढाथोकी
सल्यान, १८ साउन । जिल्ला कारागार सल्यानका कैदी बन्दीलाई आज खेलकुद तथा मनोरंजनका सामाग्री हस्तान्तरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी दिल कुमार तामांगको पहलमा जिल्ला समन्वय समिति र कारागारको आर्थिक सहयोगमा ४७ हजार बराबरको सामाग्री हस्तान्तरण गरिएको जेलर विक्रम केसीले जानकारी दिनु भएको छ ।
उहाले भन्नु भयो –“अहिले सम्म कैदी बन्दीहरुले पिउने पानीका लागी पर्याप्त फिल्टरको व्यवस्था थिएन त्यसैले अहिले कारागारले ७ वटा फिल्टर उपलब्ध गराएको छ ।” यस्तै जिल्ला समन्वय समिति सल्यानले टीटी बोर्ड एक थान,क्यारेम बोर्ड दुई थान,कानुनी किताब आठ थान,ठेलिभिजन एक थान,चेस पांच थान,लुडो पांच थान गरि ४७ हजार बराबरको सामाग्री हस्तान्तरण गरिएको जेलर केसीले बताउनु भयो ।
क्षेत्रीय प्रशासक महेन्द्र प्रसाद गुरागांई, को नेर्तत्वमा आज भएको कारागार अनुगमनमा सह क्षेत्रीय प्रशासक माबहादुर विक, पमुख जिल्ला अधिकारी दिल कुमार तामांग, लगायतका हरुको सहभागिता रहेको थियो ।
सामाग्री पाएपछि कैदी बन्दीहरुले खुशी व्यक्त गरेका छन । लामो समय देखी आफुहरुले मनोरंजनका सामाग्री माग गर्दै आएकोमा अहिले माग पुरा भएकोमा धेरै खुशी महसुस भई रहेको कैदी महेन्द्र थापाको भनाई छ । यस्तै सामाग्री प्रदान गर्ने लाई अर्का कैदी कमल वलीले धन्यवाद दिनु भएको छ ।
हाल जिल्ला कारागार सल्यानमा ७३ पुरुष ,१४ महिला, २ बालबालिका गरि ८९ जना थुनुवा र कैदी बन्दी रहेको कारागारले जनाएको छ ।













प्रतिक्रिया