– रामचन्द्र घर्ती
जाजरकोट, १८ साउन । जिल्ला समन्वय समिति जाजरकोटको प्रमुखमा नेकपा माओबादी केन्द्रका मन बहादुर रावल बिजयी हुन भएको छ ।काँग्रेस र माओबादी गठबन्दनका उम्मेदवार रावल समितिको प्रमुखमा ८ मत ल्याएर बिजयी हुनु भएको हो । निकटतम प्रतिद्धोन्द्धी नेकपा एमालेका उम्मेदवार गोरे कार्कीले ६ मत प्रप्त गर्नुभयो ।
त्यस्तै उपप्रमुखमा काँग्रेस, माओबादी गठबन्दनका उम्मेदवार काँग्रेसका ज्ञानी प्रसाद शर्मा बिजयी हुनु भएको छ । एमालेका उम्मेदवार कमला कुमारी शाहीलाई पराजित गर्दै उहाँ बिजयी हुन भएको हो । अन्य सदस्यहरुमा पननी गठबन्धन नै बिजय भएको छ ।
संयुक्त गठबन्धन बनाएका काँग्रेसले उपप्रमुखसहित ५ सदस्य र माओवादी केन्द्रले प्रमुख सहित ४ सदस्य लिएको छ । जिल्लाका सात स्थानिय तहमा दुई नगरपालिका र एक गाउँपालिकासहित तीन तहमा एमाले बिजयी भएको थियो ।
त्यस्तै काँग्रेसले दुई गाउँपालिका र माओदबादीले एक नगरपालिका र एक गाउँपालिकामा बिजयी भएको थियो ।













प्रतिक्रिया