३ कार्तिक २०८३, मंगलबार

भाग्य भए राम्रो पति पाउने गायिका देवी घर्तीको विश्वास

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ । आउदै गरेको महिलाहरुको महान चाडँ हरीतालिको तीज नजिकदै गर्दा यतिबेला नेपाली बजारमा तीज गीत सुन्न सकिन्छ । यसपालीको तीजमा दर्शक तथा श्रोताको मन जित्नको लागी गाएकहरुलाई यतिबेला भ्याइनभ्याई रहेको छ । यसै क्रममा तीजलाई महत्व राखेर गायक पूर्ण परीयारले पनि तीजको गीत बजारमा ल्याएका छन । आफुलाई माया गर्ने संगीनीको प्रशंशा गर्दै कति राम्री कति भाग्यले पाइन्छ यती राम्रो पति भन्ने बोलको गीत बजारमा ल्याएका हुन । यो गीतले सम्पूर्ण माया गर्ने जोडीको सम्मान गरेको हुदा सबैलाई यस गीतले मन छुनेमा गाएक परीयार ढुक्क छन । उनलाई चर्चित गायिका देवि घर्तीले साथ दिएकी छिन । उनले राम्रो कर्म गरे राम्रो भाग्य बन्ने र भाग्य राम्रो भए राम्रो पति पाउने गीत मार्फत सन्देश दिएकी छिन ।

एकनारायण भण्डारीको लय÷ शब्दमा बनेको यस गीतमा कमल सीरागले एरेन्ज गरेका हुन । चर्चित मोडल शकर वि.सीको निर्देशनमा राजेश घिमीरे, सुदिप बिष्टले छायाँकन गरेका छन ।यस गीतलाई उत्कृष्ट बनाउनको लागी नविन घर्ति मगरले सम्पादन गरेका छन । क्यानडा नेपाल÷दर्पण नेपालको सम्युतm रुपमा मिडीया पार्टनर रुपमा सहयोग पु¥याएका छन । कृष्ण फिल्मस एण्ड एडभरटाईजिङले दृश्य निर्माण गरेको यस गीतमा सितारा म्यूजिक प्रा.लिको प्रस्तुत्तीमा बजारमा ल्याईएको हो । प्रकाश सपुत र अन्जली अधिकारीको अभिनयले यस गीतलाई अझै रोचक बनाएको छ ।

भिडियो हेर्नुस: