काठमाडौं, १८ साउन । हालै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको रोचक निर्णय फेला परेको छ ।
उनी पहिले आबद्ध मूल पार्टी माओवादी केन्द्रको केन्द्रीय समिति नै ४५ सय जनाको छ । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।
तर, विप्लवतिर भने तीनव वटा तह स्थायी समिति, पोलिटव्यूरो र केन्द्रीय कमिटी गरी जम्मा ६१ सदस्य छन् ।
त्यही समितिको पूर्ण बैठक गत साता बस्दा के निश्कर्ष निकालियो भने, ‘हामीले अवैधानिक ढंगबाट राष्ट्रवादीधारको एजेन्डा अगाडि बढायौँ । त्यहीँ काम एमालेले वैधानिक ढंगबाट ग¥यो । हामीबीच राष्ट्रवादको एजेन्डामा अघोषित मोर्चाबन्दी जस्तो देखियो । जसको फाइदा एमालेलाई भयो ।’
उनीहरूले संसदीय धाराको प्रतिनिधिका रुपमा एमाले र गैरसंसदीय लाइनको मूलबाह आफू भएको निश्कर्ष निकालेका थिए ।
हुन पनि फिल्डमा केसमेत देखियो भने चुनावी अभियानताका विप्लवका कार्यकर्ता कालिकोट लगायतका जिल्लाबाट पक्राउ पर्दा एमाले निकट वकिल, पत्रकार र मानवअधिकारकर्मीले उनीहरूलाई रिहा गराउन भूमिका खेलेका थिए ।















प्रतिक्रिया