गुल्मी । गायिका रुपा धर्ती मगरले खोली तर्यो गाई बोलको तीज गीत ल्याएकी छिन् । गतवर्ष झै यसवर्ष पनि गायिक रुपा र आस्मा दर्लामी मगरले संयुक्त रुपमा तीज गीत ल्याएका हुन् ।
मायाँप्रेममा आधारित लाहुरेसँग प्रेम बसेको कथाबस्तु गीतमा समाबेश रहेको गायिक रुपा धर्ती मगरले बताइन् । कला सँस्कृतिको संरक्षणसगै महिलाहरुको महान पर्वमा सबैलाई नचाउनका लागि गीत ल्याएको उनले बताइन् ।
गायिका रुपा घर्ती मगर, आस्मा दर्लामी मगरको सुमधुर स्वर रहेको गीतमा गीतकार शिब हमालको शब्द रहेको छ । गीतमा आरुमी मगर, बिनु खड्का, बुद्धबीर थापाको अभिनय रहेको छ ।















प्रतिक्रिया